कैलाली । कञ्चनपुरमा एक जना प्रतिनिधि सभा सदस्य र एक जना प्रदेश सभा सदस्य उम्मेदवारसहित ३७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका पल्टु राना र प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार मदन दमाईसहित ३७ जना विरुद्ध मुद्दा दर्ता भएको हो ।
आयोग केन्द्रीय कार्यालयले महेन्द्रनगर नगर विकास समितिको जमिन घोटाला काण्डमा मुछिएका तत्कालीन अध्यक्ष पल्टु राना र बिचौलिया मदन दमाईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
राना कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ (१) बाट नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्यका उम्मेदवार छन् । मदन दमाईले स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका हुन् । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन ०५९ को दफा २४ बमोजिम बिगोसहित थप कैद सजायको मागदाबी गरेर विशेष अदालतमा मुद्दा दायर भएको छ ।
रानालाई ३७ लाख, ९२ हजार बिगो सहित कसुर तथा सजाय मागदाबी गरिएको छ । बिचौलिया घोषित गरेर दमाईलाई ३७ लाख ४६ हजार ८ सय ८० रुपैयाँ बिगो सहित कसुर तथा सजाय मागदाबी गरिएको छ । राना र दमाईविरुद्ध भ्रष्टाचार निवारण ऐन ०५९ को दफा २४ बमोजिम ३७ लाख बढी रूपैयाँँ बिगोसहित थप कैद सजायको मागदाबी गरेर विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।
महेन्द्रनगर नगर विकास समितिको जमिन घोटाला प्रकरणमा आयोगले नगर विकास समितिका तत्कालीन अध्यक्षहरू, कर्मचारी, मालपोत कार्यालयका तत्कालीन प्रमुख तथा अधिकृतहरू तथा जग्गा नाममा लिने ३७ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै