धनगढी । धनगढी उपमहानगरपालिकाले एक सय बढि ज्येष्ठ नागरिकलाई तिर्थ यात्राका लागि मुक्तिनाथ धाम पठाएको छ । वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगर क्षेत्रका १९ वटै वडाबाट एक सय २२ जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथ धाम धार्मिक तिर्थ भ्रमणमा पठाइएको हो ।
उनीहरुलाई नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला रानासहित वडाध्यक्षहरुले संयुक्त रुपमा तिर्थ यात्रा भ्रमणको सफलताको कामना गर्दै बिहीबार दिउँसो धनगढीबाट खादा र टीकासहित बिदाई गरेका छन् । नगर प्रमुख हमालले ज्येष्ठ नागरिकको सम्मानका लागि वार्षिक स्वीकृत कार्यक्रमअनुसार उनीहरुलाई तिर्थ भ्रमणमा मुक्तिनाथ पठाइएको जानकारी दिए ।
नगर प्रमुख हमालकाअनुसार प्रत्येक वडाबाट कम्तीमा पाँच जनाका दरले छनोट गरिएको छ भने समाजमा विशिष्टकृत योगदान गरेका तर ज्येष्ठ नागरिकको परिभाषाभित्र पर्ने व्यक्तिहरुलाई पनि भ्रमणमा समेटिएको छ ।
उपमहानगरपालिकामा सेवारत रहेर चालु आर्थिक वर्षभित्र अवकास प्राप्त गर्ने कर्मचारीहरु पनि भ्रमणमा गएका छन् । भ्रमणको व्यवस्थापनको काम लक्ष्मीनारायण मन्दिरले गर्नेछ भने सहजीकरणका लागि स्वास्थ्य शाखा र सामाजिक विकास शाखाका कर्मचारीलाई पठाइएको उपमहानगरपालिकाले जनाएको छ ।उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको धार्मिक भ्रमणलाई निरन्तरता दिइने जनाएको छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै