कैलाली । कञ्चनपुरको क्षेत्र नम्बर १ मा अहिले सत्ता गठबन्धनबाट माओवादीका पोलिट ब्यूरो सदस्य तथा पूर्व खानेपानी मन्त्री बिना मगर र नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री तारा लामा तामाङ बिच रोचक प्रतिस्पर्धा भईरहेको छ ।
अघिल्लो पटक बाम गठबन्धनमा सहयात्री भएर निर्वाचनमा होमिएका नेकपा एमालेका तारा लामा तामाङ र माओवादी केन्द्रका बिना मगर अहिले प्रतिस्पर्धी छन् । उनीहरु दुबै जना आफ्नो जित सुनिश्चित भएको दाबी गर्दैछन् ।
तेस्रो पटक चुनावमा होमिएकी मगर २०७० सालको दोस्रो संविधानसभाको चुनावमा पहिलोपटक उम्मेदवार थिईन् । .त्यतिबेला उनी कांग्रेसका दिवानसिंह विष्टसँग पराजित भएकी थिइन् । १०,२९४ मतका साथ विष्ट विजयी हुँदा मगर ९,१५१ मतका साथ तेस्रो भएकी थिइन् । नेकपा एमालेका लालबहादुर विश्वकर्मा ९,२३६ मत पाएर दोस्रो भएका थिए ।
दोस्रोपटक मगर २०७४ सालको संसदीय चुनावमा वामगठबन्धनका तर्फबाट ३८,४६७ मत ल्याएर विजयी भइन् । कांग्रेसका विष्ट १९,२१९ मत ल्याएर पराजित भए । दुईपटक चुनावमा आमुन्ने सामुन्ने भएका मगर र विष्ट यो चुनावमा भने गठबन्धनका सहयात्री बनेका छन् । मगर प्रतिनिधिसभा सदस्यको उम्मेदवार र विष्ट प्रदेश सभा (१) बााट उम्मेदवार छन् ।
मन्त्री विनाले माओवादी आफै बलियो रहेको क्षेत्रमा काँग्रेससंग पनि तालमेल भएपछि जितमा कुनै बाधक नरहेको बताउँछिन् । ‘यहाँ हामी त्यसैपनि बलियो छौँ त्यसैमाथि कांग्रेस पनि हामीसँग हुनुहुन्छ उहाँहरू पनि इमानदारिताका साथ गठबन्धनमा लागिरहनु भएको छ । हामी जित्ने मात्रै होइनौँ अघिल्लो पटक भन्दा अझै बढी मतान्तर बढ्ने छ भन्नेमा ढुक्क छुँ ।’
उता प्रदेशका आर्थिक तथा योजना मन्त्री तारालामाले बिना मगर संघीय मन्त्री हुँदा केही गर्न नसकेको र नागरिकले गठबन्धनलाई नरुचाएको कारण आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन् ।
‘अघिल्लो पटक संघीय सांसद हुँदै मन्त्री भएर पनि यस क्षेत्रमा केही गर्न सक्नु भएन । त्यसैमाथि अहिले जनताले गठबन्धनलाई रुचाएका छैनन् । प्रतिनिधि सभा र दुबै प्रदेश सभामा हाम्रो जित निश्चित छ ।’
उनले आफू सुद्ररपश्चिम प्रदेशको मन्त्री हुँदा धेरै काम गरेको बताउँदै भने यहाँका जनतासंग दैनिक सम्पर्क, समन्वय र सहकार्य गरेर काम गरेको हुँदा जित्ने पक्का रहेको दाबी गर्छन् ।
३ वटा निर्वाचन क्षेत्र रहेका कञ्चनपुरको नम्बर १ मा दूई पूर्वमन्त्रीलाई टक्कर दिदै बेलौरी नगरपालिका वडा नं. ८ का पूर्व वडा अध्यक्ष नन्दलाल राना नागरिक उन्मुक्ति पार्टीबाट मैदानमा उत्रिएका छन् ।
नेकपा ऐमालेबाट अघिल्लो पटक बेलौरी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्षमा निर्वाचित भएक नन्दकुमार राना प्रतिनिधि सभा तर्फका उम्मेदवार बनेका राना मोटरसाईकल चढेर गाउँको धुलो धुवाँ खादै चुनावी मैदानमा होमिएका छन् ।
दुई हेभि वेयट भएका नेताहरूसँग चुनावी मैदानमा उत्रिएका राना नेकपा माओवादी पार्टीका अध्यक्ष पुष्प कमल दहाल प्रचण्डलाई खुला चुनौति समेत दिदै हिडिरहेका छन् । उनी मतदाता सामु आफ्नो जित सुनिश्चित भएको दाबी गर्दैगर्दा उनको बारेमा गठबन्धनले गलत प्रचार गरेको आरोपमा स्पष्टिकरण दिन प्रचण्डलाई फिल्ड आएर बहस गर्न चुनौति दिएका हुन् ।
रानाले भने ‘म यहाँको रैथाने, धर्तीपुत्र हुँ, यहाँका मतदाताहरुले मलाई न्याय गर्नेछन् । मैले ३० हजार बढि मत पाउँनेछुँ । मेरो जित सुनिश्चित छ । टिका लगाउन मात्रै वाकी हो ।’
स्थानीय तहको नतिजा
यो निर्वाचन क्षेत्रमा चार वटा स्थानीय तह छन् । दुई नगरपालिका र दुई गाउँपालिका । बेलौरी नगरापालिका माओवादी केन्द्रले जितेको छ । पुनर्वास नगरपालिका र बेलडाँडी गाउँपालिका कांग्रेसले जितेको छ । लालझाडी गाउँपालिका एमालेले जितेको छ ।
पुनर्वास नगरपालिका मेयरमा कांग्रेसका तोयप्रसाद शर्माले १० हजार ००६ मत पाएर विजयी भएका थिए । एमालेका मेयरका उम्मेदवार पदमबहादुर पुजाराले ४ हजार ६७४ मत पाएका थिए । माओवादी–नेकपा एस गठबन्धनका उम्मेदवार जीवन थापा ३ हजार ७३४ मत पाएर तेस्रो भएका थिए ।
बेलौरी नगरपालिका मेयरमा माओवादी केन्द्रका पोतीलाल चौधरीले ८ हजार ७८७ मत पाएर विजयी भएका थिए । एमालेकी कमला बोहोरा ६ हजार ८०३ मत पाएर दोस्रो भएकी थिइन् । कांग्रेसका हरेन्द्र सिंह विष्ट ६ हजार ३१२ मत पाएर तेस्रो स्थानमा रहेका थिए ।
लालझाडी गाउँपालिका अध्यक्षमा एमालेका निर्मल रानाले ४ हजार ५१६ मत पाएर विजयी भएका थिए । माओवादी २ हजार ८५८ मत पाएर दोस्रो भएको छ । कांग्रेसले २ हजार ४६८ मत पाएर तेस्रो भएको छ । यो क्षेत्रमा स्थानीय तहमा माओवादी र समाजवादीले धेरै ठाउँ गठबन्धन गरेका थिए ।
बेलडाँडी गाउँपालिकामा कांग्रेसका अध्यक्ष हरिचन्द्र राना ४ हजार १०३ मत पाएर विजयी भएका थिए । एमाले २ हजार ३०१ मत पाएर दोस्रो बनेको थियो । माओवादीले १ हजार ७६३ मत पाएको थियो ।
यो निर्वाचन क्षेत्रमा वडा अध्यक्षका उम्मेदवारहरूको मत हेर्दा एमाले अगाडि छ । कांग्रेस दोस्रो स्थानमा छ भने माओवादी तेस्रो स्थानमा । समाजवादी चौथो स्थानमा छ ।
नेकपा एमाले १८ हजार ७७३ मत पाउँदा नेपाली कांग्रेसले १८ हजार ७३२ मत पाएको छ। नेकपा माओवादीले१५ हजार ८६८ मत पाउँदा नेकपा एकीकृत समाजवादीले ३ हजार २७६ मत पाएको छ ।
सबै उम्मेदवारको एउटै एजेण्डा
नेकपा एमाले, सत्ता गठबन्धनबाट माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीका एजेण्डा एउटै छन् । यी सबै उम्मेदवारहरुले नेपाल भारत सीमा क्षेत्रसँग जोडिएको यो क्षेत्रमा सबै भन्दा धेरै सीमा क्षेत्रको वकालत गरिरहेका छन् । उनीहरु बाढी पीडित र आरक्ष पीडितहरूको समस्या समाधान, हात्ती आतंक तथा रोकथाम, सडक सञ्जाल बिस्तार र नदी कटान जस्ता सवाललाई प्राथमिकतामा राखेका छन् ।
माओवादी केन्द्रकी उम्मेदवार बिना मगर आफूहरू घोषणा पत्र बनाउने कार्यमा रहेको बताउँदै यहाँ बाढी प्रभावित, आरक्ष र सीमा समस्या सबै भन्दा ठूलो समस्या रहेकोले यसलाई सम्बोधन गर्नुपर्ने बताइन् ।
उनले आफू पहिलेपनि यस बिषयमा संसदभित्र पटक पटक अवाज उठाएको बताउँदै यस बिषयमा अझै धेरै काम गर्न बाकी रहेकोले यो एजेण्डा लिएर जनतामाझ गाएको बताउँछिन् ।
यता एमालेका उम्मेदवार तारा लामा तामाङले पनि यिनै बिषय बस्तुहरू लिएर जनतालाई रुझाईरहेका छन् । ‘मेरो क्षेत्रमा सीमा रक्षाकै क्रममा गोविन्द गौतमको हत्या भयो, यस्ता घटना हुन नदिन सीमा समस्याको दीर्घकालीन व्यवस्थापन गर्ने मेरो योजना छ ।’
उनी आफू संसद भित्र जनताको आवाज बुलन्द पार्ने प्रतिबद्धता जनाउदै भने ‘आरक्ष पिडितको समस्या, बाढीको कटान रोकथाम र सडक बिस्तार मेरो पहिलो एजेण्डा हो ।’
पहिचानको मुद्धा बोकेर जनता माझ पुगेका नागरिक उन्मुक्ति पार्टीका नन्दकुमार रानाले पनि सीमा समस्या हल गर्ने प्रतिबद्धता गर्दैछन् । उनी सीमा समस्यालाई समाधान गर्न नेपाल भारतको सीमांकन छुट्याउन तारबारको पहल गर्ने बताउँछन् ।
यी बहेक सडक बिस्तार, बाढी पीडित र आरक्ष पिडितको समस्या हल गर्नुका साथै पहिचान र न्यायको मुद्धालाईपनि संगसँगै लिएर हिँडिरहेका छन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै