कञ्चनपुर । नेपाली कांग्रेसका नेता एनपी साउदले सत्ता गठबन्धन दलहरुले देश निर्माणका लागि चुनावी तालमेल गरेको बताएका छन् ।
कञ्चनपुर २ मा पर्ने कृष्णपुर नगरपालिका( २ मा शुक्रबार बिहान आयोजित चुनावी कार्यक्रममा उनले गठबन्धनको उद्देश्य सरकार बनाउनेमात्रै नभएको बताए ।
‘गठबन्धनको उद्देश्य सरकार बनाउने होइन । हुन्थ्यो भने हामी चुनावपछि संसदमा गएर यो गठबनधन गर्थ्यौं’, नेता साउदले भने, ‘हाम्रो उद्देश्य देश बनाउने हो ।’
देश निर्माण गर्न कांग्रेसले जनताको विश्वास जितेर स्थिर सरकार बनाउने लक्ष्यका साथ गठबन्धनमा रहेका दलहरुलाई साथ लिएर हिँडेको उनको भनाइ थियो ।
‘देश बनाउन गठबन्धनका दलहरु एक ठाउँमा आएर जनताबाट अनुमोदित भएर स्थिर सरकार बनाउने लक्ष्यका साथ नेपाली कांग्रेस अगाडि बढेको छ’, साउदले भने ।
२०७४ मा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको षड्यन्त्रमा परेर कांग्रेस पराजित भएको भन्दै उनले तत्कालीन समयमा एमाले(माओवादीले गरेको गठबन्धन सार्थक हुन नसकेको बताए ।
‘विगतमा ओलीजीको षड्यन्त्रमा माओवादी पर्यो र कांग्रेस हार्यो’, साउदले भने, ‘तर, वाम गठबन्धनको कुरा सार्थक हुन सकेन । उनीहरुले जुन स्थिरता र समृद्धिको नारा दिएको थियो त्यो सार्थक हुन सकेन ।’
विगतका कमजोरीबाट शिक्षा लिँदै पाँच दल एक ठाउँमा उभिनुको मुख्य उद्देश्य देशको विकास र प्रगति भएको उनले दोहोर्याए ।
‘अब ती कमी(कमजोरीबाट अनुभव, शिक्षा लिँदै अहिले हामी पाँचै दल एकै ठाउँमा उभिएका छौं’, साउदले भने, ‘हाम्रो यात्रा विकास र समृद्धिका लागि हो । प्रगतिका लागि हो । प्रगतिको काममा हामी हातेमालो गरेर अगाडि बढ्न चाहन्छौं ।’
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै