धनगढी । सत्ता गठबन्धन दलका नेताहरु धनगढी आउने भएका छन्। उनीहरु आईतबार सुदूरपश्चिमको अस्थायी मुकाम समेत रहेको धनगढी आउन लागेका हुन्। सत्ता गठबन्धन दलद्धारा आयोजना हुन लागेको प्रादेशीक चुनावी सभालाई सम्बोधन गर्न उनीहरु धनगढी आउन लागेका हुन्।
धनगढीमा आयोजना हुने सभामा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरु आउन लागेको काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले जानकारी दिए। गठबन्धनका शीर्ष नेताहरु पहिलोपटक एकैसाथ यहाँ आउदैछन्।
सुदूरपश्चिमको धनगढीमा बिहान ११ बजे हुने कार्यक्रमको नेकपा माओवादीले समन्वय गर्नेछ। यस्तै कर्णालीको सुर्खेतमा हुने भेला नेपाली कांग्रेसको समन्वयमा हुँदैछ। दुवै ठाउँको भेलालाई गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ।
शुक्रबारदेखि प्रदेशस्तरीय संयुक्त भेला सुरु गरेको गठबन्धनले प्रदेश १, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा भेला गरिसकेको छ।
सोमबार माओवादी केन्द्रको समन्वयमा काठमाडौंमा संयुक्त भेला गर्नेे तयारी छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै