संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    तिहारलाई मध्यनजर गरि सीमा क्षेत्रमा कडाई

    तिहारलाई मध्यनजर गरि सीमा क्षेत्रमा कडाई

    संघारी न्युज
    ६ कार्तिक २०७९
    1.2k
    Shares

    बैतडी । तिहारलाई मध्यनजर गरि जिल्ला प्रहरी कार्यालय बैतडीले सीमा क्षेत्रमा कडाई गरेको छ  । तिहारका बेला भारतबाट पटाका,भुईचम्पा जस्ता प्रज्वलनशील पदार्थ भित्रिन नदिन सीमा नाका झुलाघाट सहित अन्य नाकाहरुमा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले  जानकारी दिए  ।

    पटाका,भुमइचम्पा जस्ता प्रज्वलनशील पदार्थ र पलाष्टीकका फूलहरु आयातमा पनि  अहिले पूर्ण रुपमा रोक लगार्ईएको उनले  बताए । यस्तै तल्लोसोराड क्षेत्रका खुल्ला नाकाहरुमा कडाई गरिएको प्रहरी निरीक्षक जोशीले बताए ।

    तिहारको समयमा पटाका पटकाउँदा विभिन्न अप्रिय घटनाहरु हुने भएकाले त्यस्ता वस्तुको प्रयोग नगर्न प्रहरीले सबैमा आग्रह गरेको छ । यस्तै तिहारलाई  भयरहित बतावरणमा सम्पन्न गर्न प्रहरीले  जिल्ला सुरक्षा व्यवस्था कडा पारेको  छ ।

    दशैँ देखि नै जिल्ला सुरक्षा योजना लागु गरेर सुरक्षाकर्मी परिचालन भएका छन् । चाडपर्व लक्षित सुरक्षा योजना बनाएर प्रहरीले काम गरिरहेको हो  ।  सुरक्षा व्यवस्था कडा पारिएकाले ढुक्कसंग चाडपर्व मनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com