संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    डडेल्धुरामा सेनाको ट्रक दुर्घटना हुँदा ७ जना घाइते

    डडेल्धुरामा सेनाको ट्रक दुर्घटना हुँदा ७ जना घाइते

    संघारी न्युज
    ६ कार्तिक २०७९
    1.1k
    Shares

    डडेल्धुरा । डडेल्धुरामा नेपाली सेनाको ट्रक दुर्घटना भएको छ। केआइसिंह राजमार्गको अमरगढी नगरपालिका–११ झनढुङ्गा भन्ने स्थानमा नेपाली सेनाको ट्रक दुर्घटना भएको हो। 

    कोहलपुरबाट जिन्सी सामान बाकेर डोटीको दिपायल जान लागेको ट्रक दुर्घटना भएको हो। डडेल्धुरा–दिपायल जोड्ने राजमार्गको झनढुङ्गामा बा १ ग २४५३ नम्बरको ट्रक ब्रेक फेल हुँदा सडक छेउमै पल्टिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। ट्रकमा सात जना नेपाली सेना सवार थिए। सातै जना सामान्य घाइते भएका छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com