संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित

    घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित

    संघारी न्युज
    ८ कार्तिक २०७९
    1.2k
    Shares

    काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि तयार पारेको घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम फेरि स्थगित गरेको छ।

    पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज बिहान विज्ञप्ति निकालेर अनिश्चितकालका लागि घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको बताएका छन्।

    आइतबार अपरान्ह ५ बजे घोषणा पत्र सार्वजनिक गर्ने कांग्रेसको तयारी भए पनि स्थगित गरिएको थियो। सोमबार बिहान १०:३० बजे घोषणा पत्र सार्वजनिक गर्ने भने पनि आज पनि घोषणा पत्र सार्वजनिक नहुने भएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com