काठमाडौं । मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ। अपराह्न ४ बजेर ५२ मिनेटमा ग्रहण सुरु हुने र साँझ ५ बजेर २४ मिनेटमा सकिने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।
समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलका अनुसार सूर्यास्त ५:२४ बजे सूर्यास्त हुने भएकाले नेपालमा करिब ३२ मिनेटग्रहण देखिनेछ। तर ग्रहणले साँझ ६ः४५ बजेतिर मात्र छाड्ने उनले बताए।
खगोलविद् डा.जयन्त आचार्यका अनुसार यो ग्रहण ग्रहण नेपालका सबै भूभाग विशेषगरी पूर्वी भागबाट प्रष्ट देख्न सकिने छ। यो ग्रहण नेपाललगायत भारत, पाकिस्तान, अफगानिस्तान, इरान, इराक, मध्य एसिया, युरोप, उत्तर अफ्रिका, मंगोलिया, सिरिया र नर्वेलगायत देशबाट देख्न सकिने आचार्यले बताए।
खगोलविद् आचार्यले आँखाको ज्योतिमा गम्भीर असर पर्नसक्ने भएकाले नांगो आँखाले ग्रहण नहेर्न सुझाव दिए। ‘सूर्य ग्रहणविशेष किसिमको यन्त्रबाट मात्र हेर्नुपर्छ’ उनले भने, ‘विशेष किसिमको चस्मा, टेलिस्कोप, बाइनाकुलर प्रयोग गरेर ग्रहण हेर्न सकिन्छ।’
खण्डग्रास ग्रहण?
सूर्य र पृथ्वीको बीचमा पर्दा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाया पृथ्वीमा पर्दा सूर्यग्रहण हुन्छ। सूर्यलाई पूरै छेकेको अवस्थामा खग्रास र आंशिक छेकेको अवस्थालाई खण्डग्रास भनिन्छ।
खण्डग्रास ग्रहण समय–समयमा परिरहन्छ। खग्रास सूर्यग्रहण लागेपछि साधारणतया उक्त स्थानमा पुनः ३७५ वर्ष पछि मात्र लाग्ने खगोलशास्त्री बताउँछन्।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै