कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा तर्फ त्रिपक्षिय भीडन्त हुने भएको छ । सत्ता गठबन्धनको तर्फबाट काँग्रेसका डिल्लीराज पन्त, नेकपा एमालेका नारदमुनी राना र स्वतन्त्र उमेदवार पुस्कर नाथ ओझाका बीच त्रीपक्षप्ीय भीडन्त हुने भएको हो ।
कैलाली क्षेत्र ५, सुदूरपश्चिमको राजधानी भएको क्षेत्र हो । धनगढी उपमहानगरपालिकाका पुरै (१९ वडा) र कैलारी गाउपालिकाका वडा नम्बर ६ र ९ गरी २ वडा समेटिएको यस निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन झण्डै दोब्बर मतले बलियो छ ।
स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले पाएका मत नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ३२ हजार ६१९ मत ल्याएको थियो । नेकपा एमाले एक्लैले यस क्षेत्रमा १७ हजार ४२० मत ल्याएको छ ।
२०७० सालमा काँग्रेसले टिकट दिएका पुस्करनाथ ओझाले त्यो क्षेत्रमा उपचुनाव जितेका थिए । तर त्यसपछि आरजुले कैलाली ५ लाई आफ्नो चुनावका लागि सुरक्षित ठानिन । २०७४ सालको निर्वाचनमा आरजु कैलाली ५ बाट चुनाव लडेर पराजित भईन । आरजुलाई नेकपा एमालेका नारदमुनी रानाले ४ हजार ८८० मतले पराजित गरेका थिए । रानाले २७ हजार २०२ मत ल्याउदा आरजुले २२ हजार ३२२ मत पाईन ।
२०७४ सालको निर्वाचनमा आरजु पराजित भएपछि अन्तरघात गरेको भन्दै कारवाहीमा परेका पुस्करनाथ ओझ यसपाली स्वातन्त्र चुनाव लडेका छन । ओझालाई २०७४ सालको निर्वाचन लगत्तै काँग्रेसले साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको थियो ।
ओझासँगै कारवाही गरिएका अरु धेरै नेता कार्यकर्ताको स्थानीय निर्वाचन २०७९ अघि नै कारवाही फुकुवा भएपनि ओझाको भने भएन । ओझाले भने “मेरो उमेदवारी धनगढीको ‘डिग्नीटी’ का लागि हो । धनगढी बनाउनुपर्छ भनेर हो, कसैले मनपरी गर्न नपाओस भनेर हो ।”
आरजुले यसपालिपनि कैलाली ५ सुरक्षित ठानीन तर पार्टीभित्रको अन्तरिक किचलो पश्चात उनी समानुपातिक रोजेर आफ्ना विश्वासिलो पात्र डिल्लीराज पन्तलाई उठाएकी छिन । पन्त, यसअघि कैलाली ५ (२) बाट प्रदेश सभास सदस्य हुन ।
पन्त भन्छन, ‘आफ्नो बुवाको काँग्रेसी विरासत र आफूले पार्टीमा गरिएको लगानी नै जित्ने आधार हो ।’ कैलाली ५ प्रदेश सभा (२) मा आरजुको स्वमीय सचिव तथा भतिजा प्रकाश देउवाले टिकेट पाएका छन् । जुन कुरा काँग्रेस भित्रका धेरै कार्यकर्तालाई मन परेको छैन ।
एक कार्यकर्ता भन्छन् ‘आरजु आफु नलडेपनि अहिलेका दुबै उमेदवार आरजुका प्रतिमुर्ती हुन भनेर बुझेका छौं ।’ २०७४ सालको निर्वाचनताका आरजुलाई काँग्रेसबाटै टुरिस्ट उमेदवारको आरोप समेत लागेको थियो ।
आरजुका कारण यस क्षेत्रका क्रियाशील नेताहरु आफू विस्थापित हुने भयले एक तप्का अहिले पनि असन्तुष्ट छ । त्यही नेता तथा कार्यकर्ताको आडमा पुस्करनाथ ओझाको स्वतन्त्र उमेदवारी दिएका हुन् । ओझा कैलाली ५ मा काँग्रेसका स्थापित नेता हुन ।
सत्ता गठबन्धनका पन्त र असन्तुष्ट काँग्रेसको बलमा उमेदवारी दिएका ओझा बीचको लडाईको फाईदा एमालेका नारदमुनी रानालाई हुने देखिएको छ । २०७४ सालको निर्वाचनमा रानाले आरजु देउवालाई ४ हजार ८८० मतले पराजित गरेका थिए । राना नेकपा एमालेका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला ईञ्चार्ज समेत हुन ।
उनले भने ‘कञ्चनपुरमा सुख्खा बन्दरगाह, कञ्चनपुरमै विषेश औद्योगिक क्षेत्र, कैलालीको गौरीफन्टा नाका, धनगढी–खुटीया सडक, हुलाकी राजमार्ग जस्ता विकास निर्माणका काममा प्रत्यक्ष खटिएकोले यसपटक जित्ने आधार त्यही हो ।’
यस क्षेत्रमा करिब ३५ हजार भन्दा माथि राना थारुको मत छ । उनले राना थारु समुदायलाई आदीबासीको सूचीकृत गराउन पनि महत्वपूर्ण भुमिका खेले जुन कारण सामुदायीक भोट उनलाई आउने देखिन्छ ।
विश्लेषकहरुको आकलन अनुसार एमाले पार्टीको मतका आधारमा यस क्षेत्रमा दोस्रो स्थानमा छ । तर पनि सत्ता गठबन्धन र स्वतन्त्र उम्मेदवार बीचको लडाईले रानालाई भरपुर फाईदा हुनसक्छ । ‘ओझालाई मिलाउन नसक्नु काँग्रेसका लागि घातक हुनसक्छ ।’
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै