संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    एन.आई.सी. एशिया बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण

    एन.आई.सी. एशिया बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण

    संघारी न्युज
    १७ कार्तिक २०७९
    1.1k
    Shares

    हसुलिया, १७ कार्तिक । कैलारी गाउँपालिकाका लक्षित वर्गलाई एन.आई.सी. एशिया बैंक हसुलिया शाखा मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ ।

    कैलारी गाउँपालिकाको समन्वयमा बैंकले वडा कार्यालयमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि सेवाग्राही खुसी भएका छन् । उनीहरु आफ्नै वडाबाट भत्ता वितरण भएपछि सहज भएको कैलारी गाउँपालिका वडा नं. ८ का सिताराम चौधरी बताउँछन् । उनीहरु श्रीमानश्रीमति दुबै जना अपांता भएकोले बैंकमा दिनभरी लाइन बस्ने बाध्यता मुक्त भएको सुनाए ।

    जेष्ठ नागरिक र अपांगता भएकालाई सामाजिक सुरक्षा भत्ता बुझ्न घण्टौ सम्म बैंकमा लाइन बस्नु पर्यो । एन.आई.सी. एशिया बैंक लि. सुदूरपश्चिम प्रदेशका प्रमुख सुबास जोशीका अनुसार जनताको सहजताकालागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्नु सबैकोलागि खुशीको सन्देश रहेको बताए ।

    कैलारी गाउँपालिका वडा नं. ६ को कार्यालयसेले मंगलबारदेखि सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम शुरु गरेको छ । जसमा ५०० जना सेवाग्राही लाभान्वित भएको वडा अध्यक्ष प्रेमबहादुर चौधरीले बताए । उनले कैलालीका सबै सामाजिक सुरक्षा भत्ता वडा स्तरबाटै वितरण गर्दा सेवाग्राहीहरुलाई सहज हुने बताए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com