संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    नागरिक उन्मुक्ति पार्टी परिवारवादमा फँस्दै गएको आरोप

    नागरिक उन्मुक्ति पार्टी परिवारवादमा फँस्दै गएको आरोप

    संघारी न्युज
    १९ कार्तिक २०७९
    1.2k
    Shares

    कैलाली, १९ कात्तिक । रेशम चौधरीको उम्मेदवारी खारेजी भएपछि विकल्पमा उनकै बुवा लालवीर चौधरीलाई पार्टीको तर्फबाट उम्मेदवार बनाइएको आपत्ति जनाउँदै बर्दियाबाट मोहनलाल चौधरी, धनीराम चौधरी र सिताराम चौधरीले पार्टी परित्याग गरेका छन् ।

    उनीहरु नागरिक उन्मुक्ति पार्टी परिवारवादमा फँस्दै गएको भन्दै पार्टी त्याग गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् । स्थानीय तहको चुनावमा राजापुर नगरपालिकाकाबाट स्वतन्त्र उम्मेदवारी दिएका मोहनलाल चौधरीले स्थानीय तहको चुनाव लगत्तै नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए । तर नागरिक उन्मुक्तिबाट प्रतिनिधि सभा सांसदको टिकट नपाएको असुन्तुष्टी जनाउँदै उनले शुक्रबार पार्टी परित्यागको घोषणा गरेका हुन् ।

    मोहनलालसँगै धनिराम र सितारामले पनि पार्टी परित्याग गरेको विज्ञप्ती जारी भएकोछ । विज्ञप्तीमा उल्लेखित बेहोराअनुसार यदि बर्दिया–२ मा रेशम चौधरीको उम्मेदवारी खारेज भएमा मोहनलाल चौधरी या हाल प्रदेश सभा २ (ख) का उम्मेदवार धर्म चौधरी या त्यो पनि नभए बर्दियाकै कुनै स्थानीयलाई उम्मेदवार बनाउने भद्र सहमति भएको थियो ।

    उता रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीलाई मोहनलाल चौधरीले पटक पटक धोका दिइसकेकाले उनको बहिर्गमनले कुनै असर नपर्ने बताएका छन् । ‘मोहनले यही स्थानीय चुनावमा बर्दियाबाट उम्मेदवार उठाउन नागरिक उन्मुक्ति पार्टीको २ दर्जन टिकट लगेका थिए । तर लुकाएर राखे,’ रेशमको आरोप छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com