संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    जसपाले सार्वजनिक गर्‍यो घोषणापत्र

    जसपाले सार्वजनिक गर्‍यो घोषणापत्र

    संघारी न्युज
    १९ कार्तिक २०७९
    1.2k
    Shares

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। 

    प्रतिवद्धतापत्र नाम दिइएको घोषणापत्र काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवसहितका नेताले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।

    सत्ता गठबन्धनबाट बाहिरिएर नेकपा एमालेसँग चुनावी तालमेल गरेको जसपाले समानुपातिक प्रतिनिधत्व हुने संसद र प्रत्यक्ष कार्यकारी प्रमुखसहितको शासकीय स्वरूपको प्रस्ताव घोषणापत्रमा गरेको छ। 

    उसले संविधान संशोधन वा परिमार्जनको प्रस्ताव पनि अघि सारेको छ। नेपालको संविधान मूलतः नेपाली काङ्ग्रेस, नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० ले बहुमतको बलमा जारी गरेको दस्तावेज भएको जसपाले घोषणापत्रमा लेखेको छ। 

    ‘।।।समावेशी लोकतन्त्रका आधारभूत पक्षहरु जस्तै स् राजनीतिक लोकतन्त्र, आर्थिक लोकतन्त्र, सामाजिक तथा सांस्कृतिक लोकतन्त्र, पर्यावरणीय लोकतन्त्रलाई संस्थागत गर्दै सामाजिक न्याय स्थापित गर्नका लागि संविधान संशोधनरपरिमार्जन अपरिहार्य छ। त्यसैले संविधान संशोधन अहिलेको सङ्घर्ष र समाधानको मुख्य विषय बन्न पुगेको छ ।’ घोषणापत्रमा लेखिएको छ। 

    अहिलेको संघीय व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै उसले प्रदेशहरू अत्यन्तै कमजोर बनाइएको उल्लेख गरेको छ। 

    ‘सामर्थ्यताको नाममा भूगोल मात्र बाँडफाँट गरी प्रायः सबै स्रोत साधन केन्द्रको अधीनमा राखेको छ। राष्ट्रिय पहिचानलाई बेवास्ता गरी प्रशासनिक सङ्घीयता आत्मसात् गरेको छ।’ घोषणापत्रमा भनिएको छ, ‘यसले मुलुकको समस्या समाधान गर्दैन तर बोझ भने थप्छ। त्यसैले हाम्रो पार्टी प्रशासनिक सङ्घीयताको विकल्पमा राष्ट्रीय पहिचानसहितको सङ्घीयताको ढाँचामा पुनः राज्यको पुनर्संरचना गर्ने सङ्कल्प प्रस्तुत गर्दछ ।’


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com