कैलाली, १९ कात्तिक । नेपाल कम्यूनिष्ट पार्टी माओवादीले आयोजना गरेको चुनावी सभा कार्यक्रममा विभिन्न पार्टीबाट परित्याग गरि माओवादी पार्टीमा प्रवेश गरेका छन् । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (बिप्लव) का विशेष कमिटी सदस्य जयदत्त पाण्डे, कैलाली जिल्लाका न्याय तथा कानुन बिभाग प्रमुख कमल क्षेत्री (पबित्र), अखिल नेपाल शिक्षक संगठन कैलाली जिल्लाका वरिष्ठ उपाध्यक्ष छत्र बोहरा, व्यापार व्यवसायी संघ घोडाघोडी नगरपालिकाका अध्यक्ष जगदिश चौधरीले माओवादीमा प्रवेश गरेका हुन् । यस्तै ट्रेड युनियनका घोडाघोडी नगर अध्यक्ष तथा वडा न १ का वडा अध्यक्ष उम्मेदवार कृष्ण प्रसाद तिवारी र नेकपा एमालेका भजनी नगरपालिका वडा न २ दलित सदस्यका उम्मेदवार भागरथी बि.कले पार्टी परित्याग गरि माओवादीमा प्रवेश गरे । पार्टी प्रवेश गरेकालाई कैलाली क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा नेकपा माओवादि केन्द्रका केन्द्रिय सदस्य कृष्ण कुमार चौधरी (कुन्दन) ले नयाँ प्रवेश हुनेलाई स्वागत गर्दै माओवादी पार्टी धुर्बिकरण हुनु भएको बधाई दिए ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै