काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘डब्लूपीएल ट्रेलब्लाजर अवार्ड’ पाउने भएकी छिन्।
आइसल्याण्डको रेक्जाभिकमा आयोजना हुने रेक्जाभिक ग्लोबल फोरम–वुमन लिडर्स नामको सम्मेलनमा राष्ट्रपति भण्डारीलाई यो सम्मान प्रदान गरिन लागेको हो।
परराष्ट्र मन्त्रालयका अनुसार अवार्ड ग्रहण गर्न राष्ट्रपति भण्डारी सोमबार आइसल्याण्ड प्रस्थान गर्नेछिन्।
यो अवार्ड विश्वका प्रमुख महिला राजनीतिज्ञहरूको उपलब्धिको कदर गर्दै हरेक वर्ष महिला राष्ट्रपति, पूर्वमहिला राष्ट्रपति तथा महिला प्रधानमन्त्रीलाई प्रदान गरिन्छ।
दक्षिण एसियाली मुलुकमा राष्ट्रपतिजस्तो उच्च पदमा आसीन रहेर नेपाल र विश्वकै महिलाको गरिमा बढाएको ठहर गर्दै राष्ट्रपति भण्डारीलाई सो सम्मान दिन लागिएको हो । आइसल्याण्ड सरकार र संसदमा रहेका महिला राजनीतिज्ञले सन् २०१८ देखि यो मञ्च सुरु गरेका हुन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै