बैतडी,२१ कात्तिक । बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिरमा सोमबारदेखि भव्य जात्रा लाग्दैछ। मेलौली भगवती मन्दिरमा कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन मेला लाग्ने भएको हो।
मेलाको अवसर पारेर मेलौली नगरपालिकाले सोमबार र मंगलबार दुई दिन सार्वजनिक बिदा समेत दिएको छ। मेलौली भगवती मन्दिरमा कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन मेला लाग्ने भएकाले कार्तिक सोमबार र मंगलबारका दिन नगरभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था, बित्तीय संस्थाहरुमा सार्वजनिक बिदा हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले जानकारी दिए।
मेलौली भगवती मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन पशु बलि सहित जात्रा हुने गरेको छ। स्थानीयले ठुलो पर्वका रुपमा मान्ने उक्त जात्रामा सुदूरपश्चिमका साथै भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन्।
यता बैतडीको सुर्नया गाउँपालिकाले कात्तिक २२ गते मंगलबार सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाको वडा नं ५ स्थित फाङलाशैनी भगवति मन्दिरमा लाग्ने मेलाका लागि मंगलबार सार्वजनिक बिदा दिएको हो।
यसअघि जिल्लाको पुर्चौंडी नगरपालिकाको हाट स्थित राताशीला त्रिवेणी धाममा लाग्ने कफलखाना गिरेगडा मेलाको अवसरमा गत बिहीबार र शुक्रबार सार्वजनिक बिदा दिएको थियो।
सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा जात्राका लागि गत बिहीबार र पाटन नगरपालिका २ स्थित महारुद्र मन्दिरमा लाग्ने मेलाको अवसरमा गत बुधबार सार्वजनिक बिदा दिएको थियो। तिहारसकिएसंगै सुदूरपहाडका जिल्लामा जात्राको रौनक छाएको छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै