संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    राष्ट्रपति भण्डारी आज आइसल्यान्ड जाँदै

    राष्ट्रपति भण्डारी आज आइसल्यान्ड जाँदै

    संघारी न्युज
    २१ कार्तिक २०७९
    1.2k
    Shares

    धनगढी,२१ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी आज जनगणतन्त्र आइसल्यान्ड भ्रमणमा जाँदैछिन्। १७ जना प्रतिनिधिमण्डलको टोलीसहित सोमबार साँझ ६ बजे राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान गर्ने प्रेस सल्लाहकार टिका ढकालले जानकारी दिए।
    महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गर्ने भएकी हुन्। ‘हामी भोलि अबेर मात्र पुग्छौं, पर्सि राष्ट्रपतिले वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा किनोट स्पीच प्रस्तुत गर्नुहुनेछ,’ ढकालले भने।

    सोही दिन साँझ राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने कार्यक्रम रहेको ढकालले जानकारी दिए। राष्ट्रपति भण्डारी कात्तिक २६ गते बिहान ७ः३० बजे स्वदेश फर्कनेछिन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com