काठमाडौं, २२ कार्तिक । मंगलबार साँझ ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ। अपराह्न ०५:११ बजे चन्द्रग्रहण लागेर नै उदय हुँदैछ।
साँझ ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरूपमा देखिने खगोलविद् डा। जयन्त आचार्यले जनाकरी दिए। साँझ ०६ः३४ बजे ग्रहण सकिनेछ। नेपालबाट एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ।
चन्द्रमा उदय हुँदादेखि नै ग्रहण लाग्ने भएकाले यो ग्रहणलाई ग्रस्तोदित भनिएको खागोलविद् आचार्यले बताए। ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको पनि उनले जानकारी दिए।
यो ग्रहण चीन, जापान, कोरिया, क्यानडा आदि देशबाट देखिने छ। नेपाल, भारत, पाकिस्तान आदि देशबाट भने साँझमा चन्द्रमा उदाउँदा ग्रहण लागिरहेको देखिनेछ।
यसअघि कात्तिक ८ गते औँसीमा सूर्यग्रहण लागेको थियो। यसरी १५ दिनको अवधिमा दुई ग्रहण लागेको हो।
यो ग्रहण काठमाडौंको सामाखुसीस्थित तक्षशिला एष्ट्रोनमी क्लबले देखाउने व्यवस्था मिलाएको छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै