जुम्ला, २२ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले कर्णालीको विकासमा प्राथमिकता दिने बताएका छन् ।
सत्तारूढ गठबन्धनको सभालाई सम्बोधन गर्न आज मङ्गलवार जुम्ला पुगेका अध्यक्ष प्रचण्डले मङ्सिर ४ गतेको चुनावमा गठबन्धनको जित सुनिश्चित भएको दाबी गर्दै अबको विकास कर्णाली र सुदूरपश्चिममा हुने बताए । उनले सिञ्जा सभ्यता नेपालको गौरवको सभ्यता भएकाले सरकारले सिञ्जासम्बन्धी प्रतिष्ठान बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिए ।
सम्बोधनकै क्रममा अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धन देशलाई अँध्यारोबाट बचाउन आवश्यक भएको जिकिर गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाइको सरकार बचाउन नसकेको र पार्टी विभाजन गर्ने काम गरेकाले एमालेलाई नागरिकसँग मत माग्न सक्ने अधिकार नभएको दाबी गरे ।
अध्यक्ष प्रचण्डले राप्रपाबाट जुम्लाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार ज्ञानेन्द्र शाहीलाई व्यङ्ग्य गर्दै राजतन्त्रका प्रेत आत्माहरू जुम्लामा पनि चिच्याइरहेकाले सामन्तवादीहरूलाई नागरिकले शून्य बनाएर छोडिदिने जिकिर गरे।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै