धनगढी,२३ कात्तिक । सुशासन, विकास र समृद्धिको आधार, सुदूरपश्चिम प्रदेशमा एमालेको सरकार भन्ने मुल नारा सहित एमालेले २७ बुदें प्रदेश चुनावी प्रतिबद्धता पत्र बुधबार (आज) सार्वजनिक गरेको छ ।
नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले अगामी निर्वाचनमा सुदूरपश्चिममा पनि एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन्। भट्टले अगामी निर्वाचनमा एमालेले सुदूरपश्चिममा प्रतिनिधिसभाका १० र प्रदेशसभाका ३० सीट जित्ने दाबी गरेका हुन्।
धनगढीमा एमालेको प्रदेशको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै नेता भटट्ले अगामी निर्वाचन वर्ग संघर्षको अर्को रुपमा लिएर चुनावमा होमिएको बताउदै सुदूरपश्चिममा बढि भन्दा बढि ठाउँमा जित्ने बताए। ‘हामीले पूरै जित्ने लक्ष्य राख्छौँ तर हाम्रो सम्भाव्यता के देखिन्छ भने प्रतिनिधिसभामा १० र प्रदेशसभामा बहुमत ३० सम्म ल्याउँछौँ भन्ने हाम्रो लक्ष्य छ,’ भट्टले भने, ‘भोलि हाम्रो बहुमत आएन भने गठबन्धन भएमा त्यसले नित्याउने अस्थिरता यहाँको विकासमा अवरोध पुगाउने देखिन्छ। जनताको आकर्षण पनि एमालेतिर देखेको छु।’
सुदूरपश्चिममा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्र रहेका छन्। यहाँ नेकपा एमालले एक्लै चुनावी मैदानमा उत्रिएका बेला सत्तारुढ गठबन्धनले चुनौती दिएको छ। प्रदेश सरकारको दुई तिहाइ बहुमतले तोकेको राजधानीका संरचना निर्माणको काम पनि एमाले नेतृत्वकै बहुमतको सरकारले अघि बढाउने उनको भनाई थियो।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै