धनगढी, २४ कार्तिक । निर्वाचनलाई सुरक्षित, भयरहित र निष्पक्ष बनाउन सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठी धनगढीमा सम्पन्न भएको छ ।
गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशको समन्वयमा सुरु भएको गोष्ठीको प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका थिए ।
उक्त कार्यक्रमबाट आगामी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रदेश तथा सङ्घीय निर्वाचनमा २ लाख ९८ हजार सुरक्षा जनशक्ति खटाइने जनाकारी दिइएको छ ।
प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा गृह सचिव विनोदप्रकाश सिंह, नेपाली सेनाका रथी सरोज प्रताप राणा, नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुलराज थापा, गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल, सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमलराज ढकालसँगै सुदूरपश्चिम प्रदेशका सुरक्षा निकायका प्रमुख एवं प्रदेशका नौ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सहभागिता रहेको थियो ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै