बैतडीमा मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिए
बैतडी, २४ कात्तिक । बैतडीमा मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन् । आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि २ सय १० ओटा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका हुन् ।
२ सय १० ओटा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिए । २ सय १० ओटै मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका र तालिम दिने तयारी भइरहेको उनले बताए ।
यहि कार्तिक २६, २७ र २८ गते मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि तालिम सञ्चालनको तयारी भएको उनले बताए । उनका अनुसार पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा खटिनेको तालिम २६ गते राखिएको छ ।
यस्तै पञ्चेश्वर, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका, सुर्नया गाउँपालिका र पाटन नगरपालिकाको वडा नं ७ , ९ र १० मा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम २७ गते राखिएको छ । यसै गरि २८ गते पाटनको १ देखि ६ वडा र दोगडाकेदार गाउँपालिकामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम राखिएको हो । मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम बिरेन्द्र मावि साहिलेकमा हुने बताइएको छ ।
तालिमपछि उनीहरुलाई नियुक्ती दिएर कार्यस्थलमा खटाइने जिल्ला निर्वाचन अधिकारी फुँयालले बताए । निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री पनि जिल्ला आइपुगेको निर्वाचन कार्यालयले जनाएको छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै