काठमाडौं, २४ कात्तिक । सशस्त्र प्रहरीको एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको फाइनलमा पुगेको छ ।
कीर्तिपुर मैदानमा आज बिहीवार भएको खेलमा मधेस प्रदेशलाई सात विकेटले हराउँदै एपीएफ उपाधि नजिकै पुगेको हो । मधेसले दिएको एक सय २३ रनको लक्ष्य एपीएफले २१ ओभर ३ बलमा तीन विकेट गुमाएर भेटायो । एपीएफका लोकेश बमले ३५, प्रदीप ऐरीले ३३ र आशिफ शेखले २५ रन बनाए । मधेसका रुपेश सिंहले दुई र राजेश यादवले एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको मधेस ३१ ओभरमा एक सय २२ रनमा आलआउट भयो । उसका लागि रुपेश सिंहले ३६ र सन्तोष कार्कीले २० रन बनाए । एपीएफका कमल ऐरीले चार तथा भुवन कार्की र मौसम ढकालले दुईरदुई विकेट लिए ।
अब एपीएफले उपाधिका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबको विजेतासँग खेल्नेछ । आर्मी र पुलिसले भोलि शुक्रवार दोस्रो सेमिफाइनल खेल्दैछन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै