काठमाडौं, २४ कात्तिक । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुदूरपश्चिम प्रदेशको खप्तड क्षेत्रमा भूकम्प गएपछि प्राविधिकसहितको टोली परिचालन गर्ने भएको छ।
खप्तड क्षेत्र केन्द्रबिन्दु बनाएर बिहीबार ९आज० गएको भूकम्पबाट भएको क्षति आंकलनका लागि अध्ययन टोली परिचालन गर्ने प्राधिकरणले जनाएको हो।
प्राधिकरणको आयोजनामा बिहीबार विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत अन्तरराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरूसँग छलफल भएको थियो। ‘क्षतिको विस्तृत रिपोर्ट प्राप्त भएपश्चात आवश्यकताअनुसार शीघ्र प्राविधिकहरू सहितको टोली परिचालन गरिनेछ,’ प्राधिकरणले भनेको छ।
बिहीबार बिहान ५ बजेर १२ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिका केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो।
मंगलबार राति डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक केन्द्र भएर ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाले ज्यान गुमाएका थिए।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै