धनगढी,२ मंसिर । कैलालीमा चुनावका दिन सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ । मंसिर ४ गते आइतबार प्रतिनिधि र प्रदेश सभा निर्वाचनका दिन सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
मतदानको दिन एम्बुलेन्स, शववाहन, दमकल, फलफूल तथा विद्युत सेवाका लागि प्रयोग हुने सवारी साधन,फोहोर मैला ओसारपोसार गर्ने सवारी साधन, आकस्मिक बिरामी बोकेका गाडी बाँहेक अरु गाडी सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । मतदानको दिन अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालन गर्न नपाइने उनले बताए ।

-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै