संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कैलाली क्षेत्र १, २, ३ मा नागरिक उन्मुक्तिको अग्रता, ४ मा ऐमाले १७७ मतले अगाडि

    कैलाली क्षेत्र १, २, ३ मा नागरिक उन्मुक्तिको अग्रता, ४ मा ऐमाले १७७ मतले अगाडि

    संघारी न्युज
    ६ मंसिर २०७९
    1.2k
    Shares

    कैलाली, ६ मंसिर । कैलालीको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र १, २ र ३ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरुको अग्रता कायमै रहेको छ । मतगणनाको पछिल्लो परिणामअनुसार क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ चौधरीले चार हजार पाँच सय ७८ मत पाएकी छन् । उनलाई नेपाली कांग्रेसका रामजनम चौधरीले तीन हजारसहित पछ्याइरहेका छन् ।

    क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी एक हजार चारसय ८८ मतसहित अगाडि छन् । उनलाई नेकपा माओवादी केन्द्रका भगत बडुवालले आठ सय ६६ मतसहित पछ्याइरहेका छन् । क्षेत्र ३ मा पनि नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै राखेको छ । आज बिहानसम्मको जारी मतगणनामा सो पार्टीका प्रत्यासी गङ्गाराम चौधरीले १६ हजार ६९३ मत प्राप्त गरेका छन् ।

    उनलाई नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १२ हजार ६९८ मतसहित पछ्याइरहेका छन् । निर्वाचन क्षेत्र नं ४ मा सुरुदेखि अग्रता बनाएका नेपाली कांग्रेसका बीरबहादुर बलायरलाई नेकपा एमालेका लेखराज भट्टले झिनो मतले उछिनिरहेका छन् ।

    कांग्रेसका बलायरले पाँच हजार एक सय मत पाउँदा भट्टले पाँच हजार दुई सय ७७ मत मत पाएका छन् । निर्वाचन क्षेत्र ५ को मतगणना अहिले सम्म सुरु हुन सकेको छैन ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com