संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    एमाले सुदूरपश्चिमका इन्चार्ज भट्टलाई ज्यान मार्ने धम्की

    एमाले सुदूरपश्चिमका इन्चार्ज भट्टलाई ज्यान मार्ने धम्की

    संघारी न्युज
    ६ मंसिर २०७९
    1.2k
    Shares

    धनगढी,६ मंसिर । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिइएको छ । मंगलबार बिहान गोदावरी नगरपालिका–१ अत्तरियास्थित भट्टको निवासमा पुगेर दुई जनालेज्यान मार्ने धम्की दिइएका हुन् ।
    इलाका प्रहरी कार्यालय मालाखेतिका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० रबिन्द्र पाण्डेयले सचिव भट्टको घरमा प्रवेश गरेर ज्यान मार्ने धम्की दिने दुई जनालाई पक्राउ गरिएको जानकारी दिए ।

    उनकाअनुसार धनगढी उपमहानगरपालिका–१४ का शेरबहादुर लामा र गोदावरी नगरपालिका–२ बस्ने दिपेन्द्र बिकलाई पक्राउ गरिएको छ । दुवैलाई इलाका प्रहरी कार्यालय मालाखेतिको नियन्त्रण राखिएको छ ।

    उनीहरू घरमा प्रवेश गरेका बेला भट्ट धनगढीमा बिरामी भेट्न गएको स्वकीय सचिव हितेश ओझाले बताए । घरमा सहयोगीका रूपमा कार्यरत मनोज धामी र उनकी श्रीमती माया धामीलाई तिमीहरू र तिम्रो मन्त्रीलाई मारिदिन्छु भनेर धम्कि दिएको ओझाले बताए । २ जनाले भट्ट लाई घरमा नभेटेपछि सहयोगी हरुलाई भट्ट लक्षित गर्दै ज्यान मार्ने दिएका हुन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com