संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    रेशमका बुबा लालवीर बर्दियाबाट विजयी

    रेशमका बुबा लालवीर बर्दियाबाट विजयी

    संघारी न्युज
    ७ मंसिर २०७९
    1.1k
    Shares

    बर्दिया, ७ मंसिर । बर्दिया क्षेत्र नं। २ मा प्रतिनिनिधि सभा सदस्यमा स्वतन्त्र उमेदवार लालवीर चौधरी विजयी भएका छन् । निर्वाचन अधिकृत नगेन्द्र लम्सालका अनुसार २६ हजार ५२० मतसहित चौधरी विजयी भएका हुन । विजयी लालवीर रेशम चौधरीका बुबा हुन । सोही क्षेत्रबाट मनोनयन दर्ता गराएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमको उम्मेदवारी रद्द भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवार लालवीरलाई समर्थन गरेको थियो । 
    उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनतर्फका सुरेश पन्थले २६ हजार ३८४ मत पाउनुभएको छ । पन्थलाई १३६ मतले पछि पार्दै चौधरी विजयी भएका हुन । 
    त्यस्तै, नेकपा ९एमाले० का पङ्कजसिंह राठौरले १६ हजार ९० मतसहित तेस्रो स्थानमा चित्त बुझाए । सो क्षेत्रमा २ स्वतन्त्रसहित ८ जनाको उमेदवारी थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com