संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बझाङमा एकीकृत समाजवादीका जोशी विजयी

    बझाङमा एकीकृत समाजवादीका जोशी विजयी

    संघारी न्युज
    ८ मंसिर २०७९
    1.2k
    Shares

    बझाङ, ८ मंसिर । बझाङको प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशी निर्वाचित भएका छन्। उनी नेकपा एमालेका ऐनबहादुर महरलाई ९९८ मतान्तरले हराउँदै उनी विजयी भएका हुन्।

    जोशीले २८ हजार एक सय ४३ मत ल्याउँदा महरले २७ हजार १४५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत नन्दकिशोर राय यादवले जानकारी दिए।

    प्रदेश सभा (१) मा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह तीन हजार ७७६ मतान्तरले विजयी भए उनले १७ हजार ११३ मत प्राप्त गरे भने एमालेका अफिलाल ओखेडाले १३ हजार तीन सय ३६ मत पाए।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com