संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कैलाली १ मा रेशमपत्नी रञ्जिताको जित सुनिश्चित

    कैलाली १ मा रेशमपत्नी रञ्जिताको जित सुनिश्चित

    संघारी न्युज
    ८ मंसिर २०७९
    1.2k
    Shares

    कैलाली, ८ मंसिर । कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीको जित सुनिश्चित भएको छ। सो पार्टीकी केन्द्रीय अध्यक्ष तथा पूर्व सांसद रेशम चौधरीकी पत्नी रञ्जिताको जित सुनिश्चित भएको हो।​

    अहिलेसम्मको मत परिणामअनुसार रञ्जिताले २६ हजार १५५ मत प्राप्त गरेकी छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ र एमालेका तपेन्द्रबहादुर रावलले ५ हजार २३९ मत ल्याएका छन्।

    अब ८ हजार ६११ मत गन्न बाँकी रहँदा रञ्जिताले १० हजार ४३७ मतले अग्रता कायम गरेकी छन्। एक वर्षअघि गठित नागरिक उन्मुक्ति पार्टीले कैलाली ३ प्रतिनिधि सभा र प्रदेश सभामा जिति हासिल गरिसकेको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com