काठमाडौं, ८ मंसिर । ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. तोसिमा कार्कीले आफूले मतदातामाझ राखेको चुनावी प्रतिबद्धता पूरा भएपछि मात्रै जित भएको महसुस गर्ने बताएकी छिन्। उनले संसदमा जनमुखी मुद्दा बुलन्द बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
‘देशको हितको लागि मलाई सुम्पिनु भएको छ,यसको श्रेय तपाइहरूलाई टक्र्याउन चाहान्छु,म माथि एउटा आशाको केन्द्र देख्नु भयो,यसमा निर थपेर निराशा थप्ने छैन,विश्वास घाट कहिले गर्ने छैन,’जीत पछि उनले भनिन्।
ललितपुर क्षेत्र ३ का जनताको मात्र नभइ सबैको लागि गर्व लायक संसद भएर उभिने उनले बताइन। ‘यो जीत होइन, विजय तब मात्रै स्थापित हुन्छ जब मैले बाचाहरू प्रतिवद्धता पूरा गर्नेछु,त्यो दिन विजय मनाउने छौँ,’उनले भनिन। उनले ३१ हजार १३६ मतसहित विजयी भएकी हुन्।
कार्की निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका अमृत खड्कालाई १८ हजार १७३ मतान्तरले हराउँदै विजयी भएकी हुन्। एमालेका खड्काले १२ हजार ९६३ मत पाए।त्यस्तै सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो भएकी छन्। उनले ८ हजार ७६९ मत पाएकी छन्। उक्त क्षेत्रमा ६१ हजार ६७८ मत खसेको थियो।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै