संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बाजुराको बुढीनन्दा–५ मा मतदान जारी

    बाजुराको बुढीनन्दा–५ मा मतदान जारी

    संघारी न्युज
    १० मंसिर २०७९
    1.1k
    Shares

    बाजुरा, १० मंसिर । बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ५ को मतदान केन्द्रमा पुन मतदान भइरहेको छ । बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए । कुल ९९९ मतदाता रहेको सो मतदान स्थलमा बिहान १० बजेसम्म २ सय बढी मत खसेको पौडेलले बताए । 
    गत मंसिर ४ गते मतदानका दिन विवाद र झडपका कारण सो मतदान स्थलको मतदान प्रक्रिया स्थगित भएको थियो । यस्तै अन्य विभिन्न मतदान केन्द्रको मतदान प्रक्रिया स्थगित गर्नुपर्छ भनेर राजनीतिक दलहरुले निवेदन दिएको पौडेलले बताए । उनीहरुले जिल्लाका २४ भन्दा बढी मतदान केन्द्रको मतदान प्रक्रिया रद्ध गरिपाउँ भनेर निवेदन दिएका छन् । 

    यसबारेमा निर्वाचन आयोगले गरेको निर्णय अनुसार हुने पौडेलले बताए । आयोगको छानविन टोलीले पनि बाजुरामा अध्ययन गरिरहेकोले उनीहरुले दिएको प्रतिवेदन समेतका आधारमा आयोगले निर्णय गर्ने भएको छ ।

    गत मंसिर ४ गते मतदानका दिन बाजुराका विभिन्न मतदान स्थलमा भएको झडपका कारण एक जनाको प्रहरीको गोली लागी ज्यान गएको थियो भने एकजनाको कुटपिटबाट ज्यान गएको थियो । बाजुराका विवादग्रस्त मतदान केन्द्रका बारेमा आयोगको टोलीले शुक्रबारदेखि अध्ययन समेत गरिरहेको छ । 


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com