धनगढी,१० मङ्सिर । यही मङ्सिर २२ गतेदेखि पुस २ गतेसम्म आयोजना हुने सुदूरपश्चिम महोत्सवको तयारी ५० प्रतिशत काम सम्पन्न भएको आयोजकले जनाएको छ। शुक्रवार कैलाली उद्योग वाणिज्य सङ्घको सभा हलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सो बारेमा जानकारी गराइएको हो।
१६ औँ संस्करणको महोत्सवको उद्घाटन प्रधानमन्त्री शेर बहादुर देउवा मार्फत गर्नका लागि उद्योग वाणिज्य संघका अध्यक्ष लगायत पदाधिकारी काठमाडौँमा गएको कार्यकारी निर्देशक गोमा अधिकारी बताइन्।
उनले सुदूरपश्चिम महोत्सव सञ्चालन देखी सम्पन्न अवधिसम्म शान्ति सुरक्षाका लागी जिल्ला प्रशासन र जिल्लाका प्रहरी कार्यालयहरूमा पत्राचार गरिएको बताइन् । स्थानीय निकाय र निजी सङ्घ संस्था मार्फत एम्बुलेन्सको तयारी गरेको बताइन्।
सर्वसाधारणका लागी १०० रुपैयाँ टिकट र विद्यार्थीलाई आइडी कार्ड मार्फत ५० प्रतिशत छुट दिइने छ। यस्तै स्थानीय उत्पादन, कृर्षि प्रदर्शनीलाई प्राथमिकता दिइने छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा सञ्चालन हुने कैलाली उद्योग वाणिज्य सङ्घका महासचिव ओम विष्टले जानकारी दिए।
सुदूरपश्चिम महोत्सव २०६३ साल देखि सञ्चालन हुँदै आएको छ। यस वर्षको महोत्सव आउन अब १३ दिन बाँकी रहेको बताउँदै महासचिव विष्टले तयारी तीव्र पारिएको बताए। यति बेला विभिन्न समस्या र धनगढी बजार बिस्तार एवं सडक चौडा पार्ने क्रममा व्यवसायी थला परेको जानकारी दिए। सो समस्या परेका व्यवसायीलाई कैलाली उद्योग वाणिज्य सङ्घले महोत्सव स्टलमा छुट दिने व्यवस्था गरिएको बताए। कैलाली उद्योग वाणिज्य सङ्घमा दर्ता भएकालाई ५० प्रतिशत र दर्ता नभएकालाई १० प्रतिशत छुट दिइने जानकारी दिए। यस्तै महोत्सव सञ्चालनका लागि महोत्सव स्थलको समस्या रहेको बताए। यस्का लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने जानकारी दिए।
लागत अनुमान दुई करोड हुने महोत्सवमा १० करोड बराबरको कारोबार हुने आङ्कलन गरिएको उनले बताए। उनका अनुसार महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोवाइल्स, गार्मेन्ट, इलेकट्रोनिक, होटेल र सूचना प्रविधि गरि ५०० जति सङ्ख्याको स्टलहरू रहने छन्। स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिने महोत्सवलाई करिब पाँच लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ।
महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न मूल समिति सहित २६ उप–समिति गठन गरिएको छ। महोत्सवबाटै सुदूरपश्चिमको आर्थिक विकासको लागि सम्भावनाहरूको खोजी गर्दै यस क्षेत्रको पर्यटन विकास, सांस्कृतिक कला, खानपान, भाषाको संरक्षण गर्दै व्यावसायिक सफलता प्राप्त गरि जनताको गुणस्तरीय जीवनमा महोत्सवले सहयोग पुग्ने उनको भनाइ छ। यस वर्षको महोत्सवमा रमाइलो मेलामा केही फरक देख्न सकिने बताए ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै