धनगढी, ११ मंसिर । सञ्चार क्षेत्रमा पत्रकारमाथि हुने दुव्र्यवहार विरुद्ध प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबारदेखि धनगढीमा सुरु दुईदिने प्रशिक्षण कार्यक्रममा कार्यक्षेत्र र सञ्चारगृह लगायत क्षेत्रमा पत्रकारहरुले पनि विभिन्न खाले हिंसा भोग्नुपरेको सहजकर्ता उन्नती चौधरीले जानकारी दिईन् ।
उनले लैंगिक हिंसा घरभित्र लुकेर रहेका घरेलु हिंसा लगायत समाजमा रहेका कुरीति विसंगती मात्रै नभई सकारात्मक काम गरिरहेका व्यक्तिहरुको सफलताको कथालाई समाचारको माध्यमबाट समाजलाई परिवर्तन गर्न पत्रकारिताले सहजीकरण गरिहरेको बताईन् ।
उनका अनुसार पत्रकारले सामाजिक मुद्धाहरु पहिचान गरि अवाज बिहीनहरुको अवाज बन्ने, गलत गर्नेलाई खबरदारी गर्ने, समाजलाई सकारात्मक परिवर्तन लगायतको काम सहयोग गुर्याईरहेको बताईन् ।
नेपाल पत्रकार महासंघको सञ्चार अनुगमन ईकाइका अनुसार २०७८ सालमा प्रेस स्वतन्त्रता हनन्का ७५ ओटा घट्ना भएको र यसबाट २७२ पत्रकार तथा ९ सञ्चार संस्था गरी २८१ पीडित रहेको तथ्यांक उल्लेख छ ।
यस्तै अर्को सहजकता तथा कार्यक्रमको सञ्चालन दलित महिला अधिकार मञ्चका परियोजना संयोजक विमला कठायतले लैंगिक हिंसा, बालहिंसा लगायत विषयमा रहेर सहभागीहरुलाई प्रशिक्षण दिएका थिईन् । उनले हिंसा नियन्त्रणमा पत्रकारहरुको भुमिकाबरे प्रष्ट पारेकी थिइन् ।
कार्यक्रम मानव अधिकार सञ्चार प्रतिष्ठान (इह्रिकन) नेपालको आयोजनामा भएको कार्यक्रमलाई इन्टरनेशनल अर्लटको सह सहयोग र युरोपियन युनियनको सहयोग रहेको थियो ।
उक्त कार्यक्रममा पत्रकार लोग्श्वरी कुँवर, क्रियाशील पत्रकार महिलाका अध्यक्ष अमिता कुँवर, पश्चिम टुडेका प्रवन्ध निर्देकश भुवन जोशी, मर्नि·बेल दैनिकका सम्पादक रमा भट्राई, नयाँ सन्देशका सञ्चालक रमा चन्दले आफ्नो अनुभव सुनाएका थिए ।
कार्यक्रममा इह्रिकन नेपालको कार्यक्रम अधिकृत इन्दिरा पान्डेले पत्रकारहरुले आफूमाथि हिंसा हुँदा कसरी र कहाँ उजुरी गर्ने एप्सबारे जानकारी दिइइन् भने कार्यसमितिका सदस्य सम्झना पौडेलले आफ्नो अनुभवसंगै समग्र कार्यक्रमको बारेमा जानकारी दिएका थिईन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै