संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    ‘सुदूरपश्चिम महोत्सव’ को तयारी तीब्र, ६० प्रतिशत स्टल बुकिङ

    ‘सुदूरपश्चिम महोत्सव’ को तयारी तीब्र, ६० प्रतिशत स्टल बुकिङ

    संघारी न्युज
    १३ मंसिर २०७९
    1k
    Shares

    कैलाली, १३ मंसिर । यहि मंसिर २२ गतेदेखि शुरु हुने ‘सुदूरपश्चिम महोत्सव’को तयारी तीब्रगतिमा अगाडी बढेको छ ।

    गत वर्षदेखि धनगढी उपमहानगरपालिका वडा नम्बर १ को पशुपति टोलमा महोत्सव आयोजना भईरहेको छ । महोत्सवका लागि व्यापारिक स्थल रमाईलो मेला सांस्कृतिक कार्यक्रकको लागि स्थल सजावटको काम भइरहेको छ।

    महोत्सव उद्घाटनकोलागि कैलाली उद्योग वाणिज्य संघको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै निमन्त्रणा गरिसकेका छ । बाँकी तयारीको काम भइरहेको बताइएको आयोजकले जानकारी दिए ।

    आयोजकका अनुसार महोत्सवका लागि ६० प्रतिशत व्यावसायिक प्रयोजनका स्टल बुकिङ भइसकेको छ ।

    ‘दिगो विकासका लागि आर्थिक सम्वृद्धि’ मुल नारासहित कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि हरेक वर्ष मंसिर २२ देखि पौष २ गतेसम्म महोत्सव आयोजना गर्दै आएको छ। दुई वर्ष भने कोरोना भाइरसका कारण प्रभावित बनेका थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com