कञ्चनपुर, १३ मंसिर । जिल्लाको दक्षिणी क्षेत्रमा आठ घण्टा विद्युत कटौती गरिएको छ। आज देखि १५ दिनका लागि बिहान ९ बजेदेखि साँझ ४ बजेसम्मका लागि विद्युत सेवा कटौती गरिएको हो।
नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्रले जारी गरेको सूचना अनुसार लालपुर, कलुवापुर, बेलौरी ३३ केभी लाइन अन्तर्गत बन्साहदेखि शान्तिपुर बेलौर सम्म खेतमा भएका पोलहरुको कन्डक्टर अपग्रेड गर्ने, कलुवापुर सव स्टेशनमा ३३ केभी फिडर निर्माण, ब्रेक कनेक्सन, लाईन एलाइनमेन्ट लगायतका कार्य गर्नु भएकाले विद्युत सेवा कटौती गरिएको जनाइएको छ।
लालपुर सव स्टेशनबाटै लाइन अवरुद्ध हुने बताइएको छ। समय अगावै लाइन मर्मतको कार्य सकिए तत्कालै विद्युत सेवा सुचारु हुने जारी सूचनामा जनाइएको छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै