धनगढी, १३ मंसिर । सुदूरपश्चिम प्रदेशमा हालसम्म डेङ्गुले चारजनाको मृत्यु भइसकेको छ । डेंगुका कारण दार्चुलामा एक, कैलालीमा दुई र अछाममा एकजनाको मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले बताए । प्रदेशभर एक हजार दुई सय ७२ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।
बैतडीमा ७३, दार्चुलामा ३ सय ३२, डोटीमा ८४, डडेल्धुरामा ४०, बाजुरामा २७, बझाङमा ३३, अछाममा ४०, कञ्चनपुरमा २ सय १४ र कैलालीमा ४ सय ३० मा डेंगु देखिएको जोशीले बताए ।
लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमण पछिल्लो समय भने घट्दै गएको छ । गर्मी र वर्षातको समयमा सङ्क्रमण बढी देखिएको भए पनि हाल भने बिरामीको सङ्ख्या घटेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दीपेश श्रेष्ठले बताए ।
वर्षातमा दैनिक रुपमा डेङ्गुका बिरामी बढ्दै गएपछि प्रदेशभरि डेङ्गु सङ्क्रमण घटाउन लार्भा नष्ट अभियान सञ्चालन गरिएको थियो ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै