संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बाजुरा र स्याङ्जा २ मा मतगणना गर्ने आयोगको निर्णय

    बाजुरा र स्याङ्जा २ मा मतगणना गर्ने आयोगको निर्णय

    संघारी न्युज
    १५ मंसिर २०७९
    1k
    Shares

    काठमाडौँ, १४ मंसिर ।  निर्वाचन आयोगले पुनः मतदानको माग गर्दै मतगणना अबरुद्ध भएका बाजुरा र स्याङ्जामा मतगणना सुचारु गर्ने निर्णय गरेको छ।

    बुधबार बसेको आयोग पदाधिकारीहरुको बैठकले ती दुई स्थानमा मतगणना सुचारु गर्ने निर्णय गरेको हो।

    स्याङ्जा क्षेत्र नम्बर २ र बाजुराका केही मतदान केन्द्रमा भएको विवाद कसरी समाधान गर्ने भन्ने विषयमा आयोग पदाधिकारीबीच भएको छलफलले मतगणना गर्ने निष्कर्ष निकालेको हो।

    आयुक्तहरुबीच मतगणना गर्ने कि मतदानमा जाने भन्ने विषयमा विवाद भएको थियो। ती दुई जिल्लाका केही मतदान केन्द्रमा धाँधली गरिएको, मृत्यु भएका व्यक्तिहरुको नाममा समेत मतदान गरिएको उजुरी आयोग समक्ष परेपछि मंसिर ४ गते भएको चुनावको मत गणना सुरु समेत हुन सकेको छैन।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com