संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    माओवादीले आज चुनावको समीक्षा गर्दै

    माओवादीले आज चुनावको समीक्षा गर्दै

    संघारी न्युज
    १७ मंसिर २०७९
    1.2k
    Shares

    काठमाडौँ, १७ मंसिर । चुनावको समीक्षा गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ।

    पार्टी कार्यालय पेरिसडाँडामा दिँउसो ३ बजे सुरु हुने बैठकमा चुनावको परिणामबारे अनौपचारिक छलफल हुने नेता लिलामणि पोखरेलले जानकारी दिएका छन्।

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निराशाजनक परिणाम भोगेको माओवादीमा गठबन्धनमा रहने वा नरहने भन्ने विषयमा विवाद रहेको छ।

    नेपाली कांग्रेसको भोट ट्रान्सफर नहुँदा माओवादी १७ सिटमा सिमित हुन पुगेको कतिपय नेताहरुको निश्कर्ष छ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बैठकमा ब्रिफिङ गर्ने र रिपोर्टीङ सुन्ने तयारी छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com