संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बाजुरामा नेपाली काँग्रेसका पाण्डे निर्वाचित

    बाजुरामा नेपाली काँग्रेसका पाण्डे निर्वाचित

    संघारी न्युज
    १८ मंसिर २०७९
    990
    Shares

    बाजुरा, १८ मङ्सिर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बाजुरामा नेपाली काँग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे निर्वाचित भएका छन् ।

    अन्तिम मत परिणाम अनुसार पाण्डेले ३१ हजार ७ सय ८६ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३सय ४९  मत ल्याए । थापा पाण्डेसँग ५ हजार ४ सय ३७ मतान्तरले पराजित भएका हुन् ।

    यहाँ प्रदेश सभा तर्फ पनि गठबन्धनकै उम्मेदवार निर्वाचित भएका छन् । बाजुरा प्रदेश 1 मा एकीकृत समाजवादी पार्टीका उम्मेदवार नरेश कुमार शाही निर्वाचित भएका छन् भने 2 मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका पदम बहादुर शाही निर्वाचित भएका हुन् । 


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com