संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    धनगढीको सडक फराकिलो गर्न प्रदेश सरकारद्वारा ६० करोड

    धनगढीको सडक फराकिलो गर्न प्रदेश सरकारद्वारा ६० करोड

    संघारी न्युज
    १९ मंसिर २०७९
    1.1k
    Shares

    धनगढी, १९ मंसिर । सुदूरपश्चिम प्रदेश सरकारले धनगढी बजारको सडक फराकिलो गर्न ६० करोड बजेट विनियोजन गरेको छ । धनगढी उप–महानगरपालिकाले प्रदेश सरकारसंग कैलाली पुलदेखि क्याम्पस चोकसम्मको मुख्य सडक निर्माणका लागि बजेट माग गरेको थियो । उक्त मागलाई सम्बोधन गर्दै प्रदेश सरकारले ६० करोड विनियोजन गरेको हो ।

    धनगढीका मेयर गोपाल हमालले प्रदेश सरकारबाट सडक निर्माण तथा कालोपत्रेका लागि ६० करोड छुट्याएको बताए । हमालका अनुसार कैलालीपुलदेखि क्याम्स रोड (हुलाकी राजमार्ग) सम्मको २ दशमलव ३ किलोमिटर सडक कालोपत्र गर्न उक्त बजेट माग गरिएको थियो ।

    उपमहानगरपालिकाको आग्रहमा प्रदेश सरकारले बजेट छुट्याएको उनले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् । धनगढी उप–महानगरले मुख्य सडक फराकिलो बनाउन संरचना भत्काइरहेका छ । सडकको केन्द्रदेखि दायाँबायाँ १५/१५ मिटर सडक विस्तार गरिने उपमहानगरपालिकाले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com