संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    छाडा चौपायाबाट कञ्चनपुरका किसान हैरान

    छाडा चौपायाबाट कञ्चनपुरका किसान हैरान

    संघारी न्युज
    २० मंसिर २०७९
    1.1k
    Shares

    कञ्चनपुर, २० मंसिर । स्थानीय तहले छाडा पशुचौपाया व्यवस्थापनका लागि थुप्रै बजेट खर्च गरे पनि समस्या उस्तै भएपछि कञ्चनपुरका किसान हैरान भएका छन् । पछिल्लो समय पशुको संरक्षण नहुँदा किसानहरु आफ्नो बाली जोगाउनै मुस्किल भएको हो ।

    भीमदत्त नगरपालिका हरिभान भट्टका अनुसार छाडा चौपायामा स्थानीय सरकारले धेरै पैसा खर्चिए, तर समस्या उस्तै छ । छाडा चौपाया राख्न कान्जीहाउस (गौशाला) पनि बनाइयो तर अहिले ती गौशला उपयोगविहीन छन्।

    पशु चौपायाको समस्या समाधान नहुँदा स्थानीय चिन्तित बन्दै गईरहेका छन् । छाडा चौपायाको समस्या झेल्दै आएका स्थानीय सडकबाट पशु चौपाया सङ्कलन गरेर वेदकोट नगरपालिकाको परिसरमा थुनेका छन्।

    नगरपालिकालाई छाडा चौपायाको समस्या समाधानका लागि दबाब दिन यो गरेको स्थानीय कमला चौधरीले बताइन्। ुउनले नगरपालिकालाई पटक–पटक छाडा चौपायाको व्यवस्थापनका लागि गुहार मागिसकेको उने बताईन् ।
    छाडा चौपाया नगरपालिका परिसरमा तीन दिनदेखि हुलिएका छन् । समस्या समाधान नहुञ्जेसम्म नगरपालिकामा चौपाया थुनिराख्ने उनको तर्क थियो ।

    चाहिन्जेल पाल्ने र पछि छाड्ने प्रवृत्तिले छाडा चौपायाको समस्या समाधान हुन नसकेको पशु संरक्षणकर्मी बताउँछन् । पछिल्लो समय पशुप्रति मानवका व्यवहार ‘कुरूर’ हुन थालेको पशु संरक्षणमा सक्रिय हरिशरण महाराजले बताए। उनले दूध दिने बेलासम्म गाई बाँध्ने र दूध दिन छाडेपछि सडकमा छाड्ने प्रवृत्तिले पशु संरक्षणमा चुनौती थपिएको बताए ।

    पशुलाई धर्ममा पूजा गर्ने तर मनमा नमान्ने प्रवृत्ति मौलाउँदा पशु संरक्षण हुन नसकेका उनको तर्क थियो । ‘तिहारमा पूजा गरिने गाईप्रति समेत मानवीय व्यवहार भएको छैन, सरकारले पनि पशु व्यवस्थापनमा ध्यान दिन सकेको कारण पूर्वपश्चिम राजमार्ग, बजार क्षेत्रभर नै पशु चौपायाको समस्या जस्ताको त्यस्तै छ।’

    भीमदत्तले रु ५० लाख खर्चेर कान्जिहाउस निमार्ण गर्यो तर त्यहाँ एउटा पनि पशु चौपाया छैनन्। जग्गा भाडामा लिएर बनाएको कान्जिमहाउस जीर्ण बन्दै गएको छ ।

    छाडा चौपाया कारण दुर्घटनाको खतरा पनि उत्तिकै बढेको छ। खेतमा लगाएका बाली सखाप हुने गरेको बेदकोट–९ की काजल साउदले बताउछिन् ।
    बेदकोट नगरप्रमुख भोजराज बोहराले छाडा चौपाया व्यवस्थापनका लागि काम अगाडि बढेको बताउछन् । चुने पानीमा चौपायाका लागि टहरा बनाइएको छ, वडा नंं ४ मा पनि जग्गा भाडामा लिएर व्यवस्थापनको काम अगाडि बढेको छ । चौपायालाई व्यवस्थापन गर्ने गरेर तत्कालीन र दीर्घकालीन योजना अगाडि बढाएको उनले बताए ।

    नगरपालिकाले प्रत्येक वडामा गौशाला निर्माण गरी छाडा चौपाया व्यवस्थापन गर्ने कार्यलाई अगाडी बढाएको छ । छाडा चौपाया र घरमै पालिएका गाईलाई फरक–फरक रङको ट्याग लगाउने कार्य पनि भइरहेको मेयर बताउँछन् । यसले घरमै पालिएका गाई र बाहिरी क्षेत्रमा छाडिएका गाईको पहिचान गर्न सहज हुन्छ साथै गाई–गोरु छाडा छोड्ने व्यक्तिको पहिचान पनि हुने र नगरपालिकाको प्रचलित कानुनअनुसार कारबाही गर्न सजिलो हुने बताए ।

    छाडा चौपाया व्यवस्थापनका लागि नगरपालिकाले घाँस, चारो, पानी र हेरालाको व्यवस्थापनका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा छाडा चौपाया व्यवस्थापनमा रु ४० लाख बजेटको विनियोजन गर्ने भएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com