संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बैतडीमा जीप दुर्घटना हुँदा एकै घरका तीनसहित चार जना घाइते

    बैतडीमा जीप दुर्घटना हुँदा एकै घरका तीनसहित चार जना घाइते

    संघारी न्युज
    २१ मंसिर २०७९
    1.1k
    Shares

    बैतडी, २१ मंसिर । बैतडीमा जीप दुर्घटना हुँदा एकै घरका तीनसहित चार जना घाइते भएका छन्। बझाङको बुंगलबाट धनगढी जाँदै गरेको से१च १२२६ नं को जीप जयपृथ्वी राजमार्गमा पर्ने बैतडीको सुर्नया ६ मोतिनगर बजार नजिकै दुर्घटनामा परेको हो। 

    उक्त दुर्घटनामा परी बझाङको बुंगल नगरपालिका ९ की ४० वर्षीया नर्मा पातली, सोही ठाउँकी ७० वर्षीया काली पातली, ४५ वर्षीय नरपती पातली र चालकसमेत रहेका बझाङको केदारस्यू गाउँपालिका ५ का २० वर्षीया धनबहादुर गुर्धामी घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

    घाइते नर्मा, काली र नरपती एकै घरका हुन्। घाइते नरपती र काली पातलीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 
    उघाइतेहरुलाई उपचारका लागि डडेल्धुरा लगिएको प्रहरी चौकी खोडपेका इन्चार्ज गणेशबहादुर बिकले जानकारी दिए। जीप सडकबाट करिब पाचास मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com