कैलाली, २७ मंसिर । मधेसी आयोगले थारु र मुस्लिमलाई मधेसी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ। आयोगको मसिंर २० गतेको बैठकले नेपालमा मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन–२०७८ बाट उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेको आयोगका अध्यक्ष डा विजयकुमार दत्तले जानकारी दिए।
मधेसी आयोगले गरेको निर्णय कार्यन्वयनको लागि आयोगकी उपसचिव सबिता डंगोलले प्रधानमंत्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएकी छन्। थारु र मुस्लिम समुदायका विभिन्न संघ–संगठनहरुले थारु र मुस्लिम समुदायको छुटै पहिचान र सभ्यता रहेको र सो मधेसी समुदायसँग नमिल्ने भन्दै मधेसी क्लस्टरमा आफुहरुलाई नराख्न मधेसी आयोगमा निवेदन दिएका थिए।
आयोगका अध्यक्ष दत्तका अनुसार सो निवेदनमाथि टेकेर आयोगले थारु र मुस्लिमलाई मधेसीबाट हटाउने निर्णय गरेको हो।
मधेसी आयोगले २०७८–७९ को बार्षिक प्रतिवेदनमार्फत् राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थारु र मुस्लिम सहित १४९ जात (थर) लाई मधेसीको रुपमा सिफारिस गरेको थियो।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै