संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    अध्यादेश पारितको माग राख्दै माइतीघर मण्डलामा प्रर्दशन

    अध्यादेश पारितको माग राख्दै माइतीघर मण्डलामा प्रर्दशन

    संघारी न्युज
    २८ मंसिर २०७९
    1.2k
    Shares

    कैलाली २८ मंसिर । थारू संघ संस्थाहरूले टीकापुर घटनाका आरोपित रेशम चौधरी लगायतको मुद्दा फिर्ता गर्न मिल्ने गरी सरकारले ल्याएको अध्यादेश पारित गर्नुपर्ने माग राख्दै मंगलबारदेखि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दै आईरहेका छन् ।

    थारूहरुको साझा संस्था थारू कल्याणकारिणी सभा, थरुहट थारुवान संघरसमिति, थरुहट मोर्चा लगायत विभिन्न दलका थारु नेताहरुले अध्यादेश पारित गर्न माग राख्दै देशभर आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेका छन् । 

    सरकारले ल्याएको अध्यादेश पारित गर्न ढिलाइ गरेकाले आफूहरू आन्दोलनमा होमिनुपरेको नागरिक उन्मुक्तिका केन्द्रिय सदस्य इन्दु थारुले बताईन् । उनले भनिन् “सरकारले ल्याएको अध्यादेश स्वागतयोग्य छ । ” अध्यादेश पारित नहुँदासम्म आन्दोलन जारी रहने उनको भनाई थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com