संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    पश्चिम तराईमा शीतलहर शुरु

    पश्चिम तराईमा शीतलहर शुरु

    संघारी न्युज
    २८ मंसिर २०७९
    1.1k
    Shares

    कैलाली, २८ मसिर । कैलालीसहित पश्चिम तराइमा शीतलहर सुरु भएको छ । बिहानैदेखि धनगढी, लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको हुन्छ ।

    बाक्लो हुस्सु र शीतलहरका कारण स्थानीयलाई घरबाहिर निस्कन सकस भईरहेको छ । सडकमा गाडी र व्यक्तिको आवतजावत पनि कम भएको देखिन्छ ।

    लम्की बहुमुखी क्याम्पसमा विविएस चौथो वर्षमा अध्ययनरत दुर्गा न्यौपानेले जाडोका कारण पढ्न जान नसकेको बताइन् । यस्तै व्यवस्थित नगरकी निर्मला विनाडी किसान बहुउद्देशीय सहकारीमा काम गर्छिन । उनि सधैँ बिहान घरबाट लम्की हुँदै बौनियासम्म स्कुटर चलाएर जाने गरेपनि आज भने काममा जान नसकेको बताईन् । 

    बाक्लो हुस्सु र कुहिरोका कारण तरकारी खेती गर्दैआएका किसान चिन्तित छन् । उनीहरु बाक्लो हुस्सु र शीतलहरका कारण सबै सखाप हुने हो की भन्ने डरले चिन्ता बनेका हुन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com