संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जिते विश्वकपको उपाधि

    फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जिते विश्वकपको उपाधि

    संघारी न्युज
    ४ पुष २०७९
    1.3k
    Shares

    फ्रान्सलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिनाले फिफा विश्वकपको उपाधि जितेको छ।

    कतारको लुसैल रंगशालामा गएराति भएको खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सूटआउटमा ४(२ गोल अन्तरले पराजित गरेको हो। निर्धारित समयमा २/२ गोलको बराबरी भएको खेल अतिरिक्त समयमा पनि दुवै टोलीले एक(एक गोल गर्दै ३(३ गोलको बराबरी खेलेका थिए। त्यसपछि पेनाल्टी सूटआउटमा अर्जेन्टिनाले उपाधि जितेको हो।

    अर्जेन्टिनाका लागि पेनाल्टी सूटआउटमा लियोनल मेसी, पउलो डेबेला, लियोनार्पो पेरेडेस र गोन्जालो मोन्टेलले गोल गरे। पेनाल्टी सूटआउटमा फ्रान्सका लागि केयलिन एम्बापे र कोलो मुनीले गोल गरे। तर, किङ्सली कोमन र चोमेनीले गोल गर्न सकेनन्।

    यसअघि अर्जेन्टिनाले खेलको शुरुआतदेखि नै दबाब बनाएको थियो। अर्जेन्टिनाका लागि मेसीले पहिलो हाफको २३औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए।

    त्यसमा खेलमा हावी भएको अर्जेन्टिनाले थुप्रै अवसर पाएको थियो। खेलको ३६औं मिनेटमा एन्जेल डि मारियाले अर्जेन्टिनाका लागि गोल गरेका थिए।

    दोस्रो हाफमा पनि अर्जेन्टिनाले दवाव बनाएको थियो। खेलको ८०औं मिनेटमा एम्बापेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई खेलमा फर्काएका थिए। त्यसको लगत्तै ८१औं मिनेटमा एम्बापेले दोस्रो गोल गर्दै बराबरी बनाएका थिए।

    त्यसपछि फाइनल खेलमा अतिरिक्त समयमा गएको थियो। खेलको १०८औं मिनेटमा मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए।

    अतिरिक्त समय सकिन दुई मिनेट बाँकी छँदा फ्रान्सले फेरि पेनाल्टी पायो। खेलको ११८औं मिनेटमा एम्बापेले पेनाल्टीलाई गोलमा परिणत गर्दै बराबरी गरेका थिए।

    अर्जेन्टिनाका मेसी उत्कृष्ट खेलाडी घोषित भए। उनले गोल्डन बल पाए।

    त्यस्तै, फ्रान्सका एम्बापे धेरै गोल गर्ने खेलाडी बने। उनले आठ गोल गर्दै गोल्डेन बुट पाए। अर्जेन्टिनाका गोलकिपर डि मार्टिनेजले गोल्डेन ग्लोब्स पाए।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com