काठमाडौं । आगामी प्रतिनिधि सभा चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फ अस्थायी मतदाताले मतदान गर्न पाउने भएका छन्।

नेपाली सेना‚ प्रहरी‚ सशस्त्र प्रहरी‚ निर्वाचनमा खटिने कर्मचारी‚ थुनुवा र कैदी तथा सरकारको स्वीकृति लिई सञ्चालित वृद्धाश्रममा रहेका व्यक्तिले मतदान गर्न पाउनेछन्। जसका लागि ती व्यक्ति रहेको कार्यालयले जिल्ला निर्वाचन कार्यालयमा अस्थायी मतदाता नामावली दर्ताका लागि सिफारिश गर्न सक्ने आयोगले जनाएको छ। नामावली दर्ता असोज ६ देखि ८ गतेसम्म गर्न सकिनेछ।
दर्ता भएका व्यक्तिहरूको अस्थायी मतदाता नामावली कात्तिक १ गते प्रकाशन हुनेछ। नामावलीमा त्रुटि भए कात्तिक २ र ३ गते सच्याउन सक्ने र संशोधित नामावली ४ गते प्रकाशन हुने आयोगले जनाएको छ। कात्तिक ५ र ६ गते नामावली उपर जिल्ला निर्वाचन कार्यालयमा उजुरी दिन सकिने र अन्तिम अस्थायी मतदाता नामावली कात्तिक १४ गते प्रकाशन हुने छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै