काठमाडौं, ४ पुस । नेकपा ९माओवादी केन्द्र० का सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कलबहादुर रावलले आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् । संवाद डबलीको कार्यक्रममा बोल्दै रावलले गठबन्धनका शिर्ष नेताहरुबीचको सहमति अनुसार संघ र प्रदेश सरकार नेतृत्वको टुंगो लाग्ने भएपनि सुदूरपश्चिमा आफ्नो पार्टीको दाबी रहेको रावलले बताए ।
माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका रावलले गठबन्धनकै नेतृत्वमा सरकार बनाउन जनता रहेको बताउँदै त्यहीअनुसार शिर्ष नेताहरुबीच सहमति हुने विश्वास गरे । “जनताको जनमत गठबन्धनकै नेतृत्वमा संघ र प्रदेशमा सरकार बनाउ भन्ने छ । यो कुरा शिर्ष नेताहरुले महशुस गर्नुभएको छ र हामीले पनि गरेका छौं । सुदूरपश्चिम प्रदेशमा पनि गठबन्धन कै सरकार बन्छ” उपाध्यक्ष रावलले भने ।
माओवादीले सुदूरपश्चिम प्रदेशमा पाँच बर्षमा जनताको प्रत्यक्ष जीवनसँग जोडिएका केही काम अधुरै रहेका र त्यसको निरन्तरता र पूर्णताको लागि पनि सरकार नेतृत्व आफूहरुले गर्नुपर्ने आवश्यकता रहेको बताए । त्यस्तै, माओवादीले अघि सारेका पत्र राष्ट्रिय व्यक्तित्व भएको कारण गठबन्धनका दलहरुसँग सहकार्य गर्दै परिणाममुखी काम गर्न सक्ने दाबी गरे ।
विधि मान्ने र नमान्ने शक्तिहरुबीच संघ र प्रदेश चुनावमा गठबन्धन भएको र जनताले विधि मान्ने शक्तिलाई सरकार बनाउन जनमत दिएको बताए । “संविधान मिच्ने, देशमा अस्थिरता निम्ताउने र विधि र संविधानलाई मान्दै देशलाई समृद्धतिर लैजाने शक्तिहरुबीच चुनावी गठबन्धन भएको थियो । जनताले विधि र संविधान मान्ने शक्तिलाई सरकार बनाउन जनमत दिएका छन्” उनले भने । रावलले नेकपा एमालेको नेतृत्वमा बनेको चुनावी गठबन्धनलाई विधि र संविधान मिच्ने शक्ति भएको दाबी समेत गरे ।
त्यसैगरी आफ्नो पार्टीका अध्यक्ष प्रचण्डकै पहलमा प्रतिगमन परास्त भएको दाबी गर्दै रावलले अबको सरकार पनि प्रचण्डकै नेतृत्वमा हुनुपर्ने बताए । उनले भने, “केपी ओलीले संविधान विघटन गरी प्रतिगमी कदम उठाउँदा हाम्रो पार्टीका अध्यक्ष प्रचण्डको पहलमा कमरेड माधव कुमार नेपालसहितका नेताहरु एक ठाउँमा आएकै कारण उक्त कदम सफल हुन सकेन, प्रचण्डकै सहयोगमा काँग्रेसको नेतृत्वमा सरकार बनेको हो, अब काँग्रेसले उदारता देखाउने पालो आएको छ ।” केन्द्रका उपाध्यक्ष समेत रहेका रावलले गठबन्धनकै नेतृत्वमा सरकार बनाउन जनता रहेको बताउँदै त्यहीअनुसार शिर्ष नेताहरुबीच सहमति हुने विश्वास गरे । “जनताको जनमत गठबन्धनकै नेतृत्वमा संघ र प्रदेशमा सरकार बनाउ भन्ने छ । यो कुरा शिर्ष नेताहरुले महशुस गर्नुभएको छ र हामीले पनि गरेका छौं । सुदूरपश्चिम प्रदेशमा पनि गठबन्धन कै सरकार बन्छ” उपाध्यक्ष रावलले भने ।
माओवादीले सुदूरपश्चिम प्रदेशमा पाँच बर्षमा जनताको प्रत्यक्ष जीवनसँग जोडिएका केही काम अधुरै रहेका र त्यसको निरन्तरता र पूर्णताको लागि पनि सरकार नेतृत्व आफूहरुले गर्नुपर्ने आवश्यकता रहेको बताए । त्यस्तै, माओवादीले अघि सारेका पत्र राष्ट्रिय व्यक्तित्व भएको कारण गठबन्धनका दलहरुसँग सहकार्य गर्दै परिणाममुखी काम गर्न सक्ने दाबी गरे ।
विधि मान्ने र नमान्ने शक्तिहरुबीच संघ र प्रदेश चुनावमा गठबन्धन भएको र जनताले विधि मान्ने शक्तिलाई सरकार बनाउन जनमत दिएको बताए । “संविधान मिच्ने, देशमा अस्थिरता निम्ताउने र विधि र संविधानलाई मान्दै देशलाई समृद्धतिर लैजाने शक्तिहरुबीच चुनावी गठबन्धन भएको थियो । जनताले विधि र संविधान मान्ने शक्तिलाई सरकार बनाउन जनमत दिएका छन्” उनले भने । रावलले नेकपा एमालेको नेतृत्वमा बनेको चुनावी गठबन्धनलाई विधि र संविधान मिच्ने शक्ति भएको दाबी समेत गरे ।
त्यसैगरी आफ्नो पार्टीका अध्यक्ष प्रचण्डकै पहलमा प्रतिगमन परास्त भएको दाबी गर्दै रावलले अबको सरकार पनि प्रचण्डकै नेतृत्वमा हुनुपर्ने बताए । उनले भने, “केपी ओलीले संविधान विघटन गरी प्रतिगमी कदम उठाउँदा हाम्रो पार्टीका अध्यक्ष प्रचण्डको पहलमा कमरेड माधव कुमार नेपालसहितका नेताहरु एक ठाउँमा आएकै कारण उक्त कदम सफल हुन सकेन, प्रचण्डकै सहयोगमा काँग्रेसको नेतृत्वमा सरकार बनेको हो, अब काँग्रेसले उदारता देखाउने पालो आएको छ ।”
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै