संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    इलाका प्रहरी कार्यालय मालाखेती​​​​​​​ घेराउ

    इलाका प्रहरी कार्यालय मालाखेती​​​​​​​ घेराउ

    संघारी न्युज
    ८ पुष २०७९
    1.1k
    Shares

    कैलाली, ८ पुस । उद्योग वाणिज्य संघको अगुवाईमा कैलाली इलाका प्रहरी कार्यालय मालाखेती घेराउ गरिएको छ। सुनचाँदी व्यवसाय विकास सुनारमाथि गोली प्रहारका दोशलाई अहिलेसम्म पनि पक्राउ नगरेको भन्दै अत्तरिया उद्योग वाणिज्य संघको अगुवाईमा कार्यालय घेराउ गरिएको हो।

    घटना भएको पाँचदिन बितिसक्दा पनि प्रहरीले अझैसम्म आश्वासनबाहेक केही काम नगरेको भन्दै प्रदर्शनकारीहरु गुनासो गरिरहेकाछन् । पुस ३ गते आइतबार गोदावरी नगरपालिका–२ मा सशस्त्र प्रहरी बल मुख्यालय अगाडि सुखड र अत्तरियामा सुनचाँदी व्यवसाय गर्दै आएका विकास सुनारमाथि गोली प्रहार भएको थियो।

    मोटरसाइकलमा सवार दुई जनाले सुनारलाई गोली प्रहार गरेका थिए। एक गोली छल्न सफल भए पनि अर्को गोली लागेर सुनार घाइते भएर लडे भने डाँका समूहले उनको साथमा रहेको ३५ तोला सुन लुटेर फरार भएका थिए। 


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com